Tuesday, March 6, 2012

मृत्युको गीत

–डा.आदर्श प्रधान

अनायसै भुकम्प आयो
जमिन थर्थराउन थाल्यो
मानिसहरु एकाएक भाग्न थाले कर्मक्षेत्रबाट
गाएर आफ्नै मृत्युको गीत ।

त्यही भीडमा मिसिएँ म पनि
हेरेँ प्रत्येकको मुहार
र मैले देखेँ
स्वाभिमान, अहम्, वैभव टुक्रिएर
प्रकृति सामु निसंकोच काँपिरहेका अनुहारहरु ।

त्यही क्षण,
मलाई भित्रैदेखि बोध भयो
शरीर, मन, भावनाभित्रको चेतना
किन बनिरहेछ आज एकाकार ?
र,
गाइरहेछन् एउटै लयमा
मृत्युको गीत ।
साभार ः नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कविता पत्रिका–९१ (जेठ–भदौं )२०६८

Wednesday, January 19, 2011

New Year party 2011



डाइनेटिक्स : मानसिक स्वास्थ्यको आधुनिक विज्ञान

– डा. आदर्श प्रधान

अहिलेको युग वास्तवमै तिब्र गतिमा दौडिरहेको छ। समय सँगै हामी पनि एक–अर्का बिचमा प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं। यस्तो भागदौड तथा तनाबयूक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोँचे जस्तो राम्रो हुन सक्दैन। अहिलेको यस्तो जीबनशैलीमा हामी भित्र नचाहिँदा संवेक, उत्तेजना, सनक, भय जस्ता मानसिक भावनाहरु जम्मा भइरहेका हुन्छ। यस्ता नकरात्मक मानसिक भावनाहरुले गर्दा हामी मध्ये धेरैमा आत्मबिश्वासको कमी, निराशपन, हिनतावोध, भय बढ्दै गइरहेको पाइएको छ। मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था धेरै मात्रामा बढ्दै गयो भने असाध्य रुपमा मानसिक रोगी हुन सक्ने कुरा स्विकार गरेको छ।

डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो, जसको प्रयोगद्धारा हाम्रो मस्तिष्क भित्र दबिरहेको अनावश्यक संवेक, उत्तेजना, सनक, भय, दुख जस्ता मानसिक भावनाहरुलाई उत्खनन् गरेर तुरुन्त नकरात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्धत गर्दछ। डाइनेटिक्सको सिद्धान्त अनुसार मानसिक तनाबले गर्दा नै मानिसलाई रोग लाग्दछ। मानिसको जीबनमा तनाब त आइनै रहन्छ, तर तनाबलाई कसरी लिने र दबिरहेेको तनाबलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकँाउदछ। एल.रोन.हर्बडले प्रतिपादन गरेकोे यस आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुुलन राख्न सिकाँउदछ। डाइनेटिक्समा अडिटिङको माध्यामबाट रोगीलाई उपचार गरिन्छ। यस उपचार बाट जस्तो सुकै मानसिक, शारीरीक, भावनात्मक रोगीकोे सफल उपचार गर्न सकिन्छ। अचम्मको कुरा यस पद्धतीको प्रयोग रोगीलाई मात्र नभइ निरोगी मानिसलाई पनि गरिन्छ। किनकी रोगीमा मात्र नभइ निरोगी मानिसमा पनि तनाब त अवश्यै हुन्छ। डाइनेटिक्स अडिटिङको माध्यामबाट रोगीलाई स्वस्थ्य बनाइन्छ भने स्वस्थ्य मानिसलाई जीबन र जगतको बारे स्पष्ट बनाइन्छ।

डाइनेटिक्सको सिद्धान्त अनुरुप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छ। ति दुईवटा मस्तिष्क मध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाँया चित्रहरुको संकलनलाई इनग्राम भनिन्छ। हामीमा भएको शारीरिक पीडा, दुर्घटना हुँदा भएको दुखाई, भय, बेहोश हुँदा हुने अनुभूतिहरुको छाप उक्त मस्तिष्कमा रहेको हुन्छ। हाम्रो मस्तिष्कमा रहेको यी इनग्रामले गर्दा हामीमा अनाबश्यक भय, निराशापन, मानसिक समस्या, शारीरिक पीडा आदी उत्पन्न हुन्छ।

डाइनेटिक्स एउटा आध्यात्मिक परार्मश बिधि हो जसमा अडिटरद्धारा रोगी वा निरोगीलाई अनाबश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ। डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने ब्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ।जसको मष्तिष्क भित्र नकरात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो ब्यक्तिलाई प्रि–क्लियर भनिन्छ। प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि उ भित्र रहेको नकरात्मक आवेग, संवेदना हट्नुका साथै उ भित्र रहेको समस्यालाई उ आफैले बोध गर्दछ। आफु भित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई क्लियर यानेकी स्पष्ट भएको मानिन्छ। अतः डाइनेटिक्स ल73य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो। डाइनेटिक्स सिद्धान्तको प्रर्वतक एल.रोन.हर्बडले तनाब नाप्ने मेशीनको पनि आबिष्कार गरेको छ। जुन मेशीनबाट मानिस भित्र रहेको तनाबलाई सजिलै नाप्न सकिन्छ। नापेर आएको अंकको आधारमा मानिस भित्र रहेको मानसिक अवस्थालाई पत्ता लगाइन्छ।

एल.रोन.हर्बडका पुस्तकहरु
एल.रोन.हर्बडले सयौं महत्वपूर्ण पुस्तकहरु लेखेका छन्। उक्त पुस्तकहरुको अध्ययनको प्रयोग पश्चात हामीले दिमागी अबरोधहरु ब्ाट पार पाउन सक्नुका साथै तिनिहरुको नियन्त्रण माथि क्रमिक सफलता पाएर भविष्यको खुशीहरु कसरी पाउन सकिन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्दछौं। एल.रोन.हर्बडको बिश्वभर सर्बाधिक बिक्रि भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक बिज्ञान हो। जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीबनमा कसरी काम गर्छ भन्ने कुराहरु समावेश छन्।

नेपालमा डाइनेटिक्स
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको मन्त्रीम48डलको कार्यकालमा सम्पूर्ण मन्त्रीम48डललाई अमेरिकाबाट डाइनेटिक्स बिज्ञहरु ल्याएर होटल र्याडिसनमा प्रशिक्षण दिइएको थियो। नेपालमा ५ बर्ष अघि देखि पुस्तक बिक्रि बाट शुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल देेखि डाइनेटिक्स वर्कसप, अडिटिङ, जीबन बिधायक शिक्षण कोर्शहरु संचालन गर्दै आइरहेको छ। काठमा48डौंको न्यूप्लाजामा रहेको यस संस्थाले बिभिन्न महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आइरहेकोे छ। हाल यस संस्थामा तनाब नाप्ने मेशीनको साथै ओ.शि.य. परिक्षण पनि गरिन्छ। ओ.शि.य. परिक्षणबाट हाम्रो मानसिक, भावनात्मक अवस्थाको बारे सजिलै थाहा पाउन सक्दछौं। डाइनेटिक्सको जीबन बिधायक शिक्षण कोर्शहरु अरु शिक्षण कोर्शहरु जस्तो होइन। यस कोर्शहरु प्रयोगात्मक हुन्छन् जुन हामीले हाम्रो जीबनमा प्रयोग गर्न सक्दछौं। यस जीबन बिधायक शिक्षण कोर्शहरु अध्ययन पछि अध्ययन गर्ने ब्यक्तिको जीबनमा अवश्य परिवर्तन आँउदछ भन्ने संस्थाको दाबी छ। बिश्वभरी संचालन भइरहेको यस कोर्शहरुले ब्यक्तित्व बिकाश, मानसिक सबलता, जीबनको हरेक क्षेत्रमा सफल हुन मद्धत गर्दछ।

savar: dolkha.com dashain bisheshanka

Tuesday, July 27, 2010

डा.श्रेष्ठलाई यो बर्षको ब्यक्तित्वो बाट सम्मान्




भिमेश्वोर न पा २ दोलखा घरभै हाल कोरियाको सिउल स्थित क्वाङ्वून युनिवर्सिट्य्मा प्राध्यापन गर्नुहुने डा.भानु श्रेष्ठलाई अमेरिका बायोग्राफिकल इन्स्टिट्युट्ले यो बर्षकै ब्यक्तित्वोको सम्मान दिएर हौशला प्रदान गरेको छ ।

आफ्नो क्षेत्रमा बिषेश अनुशन्धान गरी आफ्नो देशको लागी योगदान पुर्याउनु भएकोकोमा उक्त एबिआइ द्वारा सम्मानित हुनुभएको छ ।

डा. श्रेष्ठको यो भन्दा पहिला पनि अमेरिकाबाट प्रकाशित हुने मार्कुइस हुइज हु इन द वोर्ल्डमा पनि सन २००९ र २०१० आफ्नो प्रोफाइल समाबेश गर्न लगातार सफल हुनुभएको छ भने अर्को तिर अन्तरअस्तृय बायोग्राफिकल सेन्टर बेलाएतबाट प्रकाशित एक्कासौ शताब्दिको सर्बश्रेष्ठ बुद्धिजिबी बाट सम्मान्को लागी छनौट्मा पर्नु भएको छ ।



यो तीन वोटा सस्था भनेको बिश्वमा नै सबभन्दा ठुलो अनि लोकप्रिय मानब शब्दकोश प्रकाशित गर्ने सस्था हो । यि तीन सस्थाहरुले बिश्वको बिभिन्न क्षेत्रमा उल्लेखनिय शोध कार्य गर्ने महान ब्यक्तित्वो बैज्ञानिक्, इन्जिनियर्, नेता आद लाई बिभिन्न किसिमको उपाधिले सम्मान गर्ने कार्य गर्दै आएको छ ।

Sunday, June 20, 2010

सगरमाथादेखि एल्ब्रुससम्मको आरोहण यात्रा




गतः २५ मई २०१० मङ्गलवारका दिन नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फे सुब्बाद्वारा अन्तर्राष्ट्रिय पर्वतारोही दलको एक सदस्यको हैसियतले यूरोपको सबभन्दा अग्लो हिउँचुली एल्ब्रुसको आरोहणमा सफलता हासिल गरेकी छिन् । स्मरण रहोस् उनले एक वर्षअघि मात्र विश्वको सवौच्च शिखरको एकल आरोहणमा विजय प्राप्त गरेकी थिइन् । यस अर्थमा उनले सगरमाथादेखि एल्ब्रुससम्मको आरोहणसेतु पार गरेकी छन् भन्नु अत्युक्ति हुने छैन ।

नेपालको तेह्रथुममा एक शिक्षक परिवारमा जन्मेकी जुनिता साम्बाहाम्फेले पर्वतारोहणको प्रेरणास्रोत को थियो भन्ने प्रश्नमा उनले आफ्नै जिज्ञासालाई प्रथम स्थानमा राखेको पाइयो, यद्यपि नजानिदो किसिमबाट उनका लागि सगरमाथा आरोहणको प्रेरणादाता स्वयं उनकै नाम भएको अभिव्यक्ति दिएकी थिइन् । काकलाती कस्तो पर्न गएको रहेछ भने उनी जन्मनुभन्दा झण्डै एक दशकअगाडि सगरमाथा आरोहण गर्ने प्रथम नारी पर्वतारोही जुन्को ताबेईको नामको आधारमा उनका बुवा-मुमाले ‘जुनिता’ भनेर उनको नामकरण गरिदिनुभएको रहेछ । सम्भवतः यही नामलाई सार्थक तुल्याउन अवचेतन रूपमा नै उनले पर्वतारोहणमा अभिरुचि लिन थालेको हुनु सम्भव छ ।

मिलनसार र हँसिली स्वभावकी जुनिताले मास्को बसाइँको छोटो समयमा यस महानगरीका सबै दर्शनीय स्थलहरूको अवलोकन गर्ने सम्भावना नपाए तापनि गैरआवासीय नेपाली संघ रूसका पदाधिकारीहरू र सदस्यहरूले मास्कोमा उनको हार्दिक स्वागत गरेका थिए । मास्को क्रेमलिन, लाल मैदान, बोरोदिन्स्काया पानोरामा आदि केही दर्शनीय स्थलहरूको दृश्यावलोकन गनुका साथै उनले नेपाली राजदूतावासमा पनि पुग्नुका साथै नेपाली नारी निकुञ्जको तत्वावधानमा संचालिन नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्रका स-साना नेपाली छात्रछात्राहरूलाई पर्वतारोहणको आफ्नो अनुभव बताउन समेत भ्याएकी थिइन् ।

स्वदेश फर्कने साँझ बस्याल दम्पति -गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी तथा सचिव दामोदर बस्यालको निवासस्थानमा उनको सम्मानमा आयोजना गरिएको प्रीतिभोजमा यस संघका अध्यक्ष मणिराज पोखरेल, महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रूस शाखाका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका महासचिव डा. भीष्म आचार्य, नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष सचिन शाक्य, छविलाल कुँवर, संकल्प पोखरेल, जीतेन्द्र उपाध्याय, सरिता पोखरेल प्रभृतिको समुपस्थिति रहेको थियो । यस पंक्तिकारले पनि नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेसंग कुराकानी गर्ने सम्भावना पाएको थियो । वार्ताको क्रममा विभिन्न विषयको प्रसङ्ग चल्नुका साथै खास गरी हाल पर्वतारोहण प्रविधिले गरेको प्रगतिको परिप्रेक्ष्यमा तेन्जिङ शेर्पाको समयमा हिमालयको आरोहणको जटिलताको कल्पना समेत गनै गाह्रो पर्ने मन्तव्य व्यक्त गरिनुका साथै विश्वको तापमानमा बृद्धि भइरहेको सन्दर्भमा हिमालयको हिउँ निकै पग्लिसकेको जनाउँदै उनले पर्यवरणको स्थितिप्रति चिन्ता व्यक्त गरेकी थिइन् ।

ककेशिया हिमश्रृङ्खलाको सर्वोच्च पर्वत एल्ब्रुसको दुईकापे हिउँचुली -अत्युच्च पश्चिमी चुचुरो ५६४२ मिटर अग्लो छ भने पूर्वी चुचुरोको अग्लाइ ५६२१ मिटर छ) को परिसर पनि पर्वतारोहण तथा पर्वतीय स्किइङ्ग खेलको एक महत्वपूर्ण केन्द्र मानिन्छ । सगरमाथा -८८४८ मिटर) को दाँजोमा यो हिमशिखर ३२०६ मिटर होचो भए तापनि पर्वतारोहीहरूलाई यसले कम हाँक दिने गरेको छैन । सोभियत पर्वतारोही संघको निमन्त्रणामा रूसको यात्राको क्रममा प्रथम सगरमाथा विजेता तेन्जिङ नोर्गे शेर्पाले सन् १९६३ मा रसियाली -सोभियत) पर्वतारोहीहरूको साथमा यस हिउँचुलीको आरोहणमा भाग लिएका थिए । त्यतिखेर रूसी भाषामा प्रकाशित हुने समाचारपत्रहरूमा’हिमालयको बाघ, हार्दिक स्वागतÛ’, ‘हिम चितुवालाई स्वागत छÛ’, ‘झोमोलुङमा विजेता मास्कोमा’, ‘असाधारण मानवको मास्को आगमन’ भन्ने शषिर्कहरूमा लेखहरूमात्र प्रकाशित भएको नभई एल्ब्रुसको बरफ जमिरहेको पाखोमा रसियाली पर्वतारोहीहरूले अजङका रूसी अक्षरहरूमा ‘तेन्जङ, सुस्वागतम् !’ भन्ने समेत कुँदेर उनीप्रति आफ्नो सदभावना व्यक्त गरेका थिए -येभ्गेनी गिप्पेनरेइटर, भूमिका ।।तेन्जिङ नोर्गे, ‘हिउँको बाघ:ः सगरमाथापश्चात्’, मास्को, ई.सं. १९८८, पृ. ९(११) ।

मास्कोवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ रूसका महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) का अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, दुवै संस्थाका सचाव दामोदर बस्याल तथा गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी बस्याल ‘शुभ यात्रा’ को कामना सहित ‘फेरि भेटौंला !’ भन्दै एल्ब्रुस विजेता नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेलाई मास्को विमानस्थलसम्म पुर्‍याउन जानुभएको थियो ।

नेपाली मूलका विश्वप्रसिद्ध सगरमाथाविजेता तेन्जिङ नोर्गे शेर्पाले चढेको यूरोपको सर्वोच्च शिखर एल्ब्रुसमा यस वर्ष नेपालकी एक नारी सगरमाथाविजेता जुनिता साम्बाहाम्फेले पदार्पण गरेर नेपालीहरूको उँचाई अरू एक कद बढाइदिएकी छिन् । विश्वका सबै महाद्वीपहरूका सर्वोच्च हिमशिखरहरूमा टेक्ने उनको लक्ष रहेको छ । मास्कोमा रहेका नेपालीहरूले उनलाई यस्तो उच्च आकांक्षामा निरन्तर सफलता मिलोस् भन्ने कामना गर्नुका साथै उनलाई जीवनको सगरमाथा चढ्नमा पनि सदैव विजय प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछन् । कृष्णप्रकाश श्रेष्ठ/मास्को from-freenepal.com

Monday, May 24, 2010

झुल्किने छ नयाँ समय –कबिता

–डा.आदर्श प्रधान

मान्छेले बिछाएको एम्बुसमा पड्केर
हामीले खोजेको समय बेहोस छ

समयको अम्मलमा
बाँच्ने गरेको मान्छेको
ओठमा मुस्कान छैन
आँखामा उमङ्ग छैन
वातावरण सन्त्रासको पर्याय बनेको छ ।
सर्वत्र मृत्युको तस्वीर छ
आँसु जमेर बनेको छ हिमाल
रगत जमेर बनेको छ माटो

हामीले खोजेको समय
हाम्रो निशानामा परी बेहोस छ

त्यसैले समयको दाम्लो बाँधेर
समयको दास बनेको मान्छेको
जीवन जीवन जस्तो छैन ।
कहाँ छ आनन्द ? कहाँ छ गन्तब्य

गन्तब्य र्बिसेर हामी
ढुङ्गे युगतिर हानिएका छौं
स–साना टुक्रे राज्यहरु चाहिएको छ
स–साना शासकहरु चाहिएको छ

गाँस, वास कपासको सट्टा
फोस्रो आवाज चाहिएको छ
त्यही आवाजमा ठोक्किएर
बेहोस छ हाम्रो समय
स्थगित छ हाम्रो सपना

अहिले समयको
आवाज...........मात्र आवाज
सपना...........मात्र सपना

आयामहरु टक्क रोकिएका छन्
समय जस्तै
यसरी अधुरो इतिहास भित्र
हामी घायल छौं
अज्ञात भविष्यको तुवालोमा
हामी रोक्किएका छौं

होस गुमाएको समयले
हाम्रो चेतनामा वास पाएको छ
मौन बाँच्नुको सट्टा
जीवनलाई
पूर्णता दिने अभ्यास गरौं
हिंसा होइन
जीवनमा प्रेम र
प्रेममा जीवन भरौ
जीवन उत्सवको रोपाईं पछि
जीवनको कान्ला र गराहरुमा
चेतना उठेर
लालुपातेमा रङ्ग थप्दै

झुल्किने छ नयाँ समय ।

Tuesday, May 18, 2010

रेकी–बनभोज कार्यक्रम सम्पन्न


आरोग्य संसार, धापासीको आयोजनामा भएको रेकी–बनभोज कार्यक्रम २०६७ जेठ ४ गते मंगलबारको दिन च48डेश्वरी, टोखामा भब्यतापुर्वक सम्पन्न भयो।

रेकी फाउ48डेशनका संस्थापक अध्यक्ष डा.रन्जन प्रजापतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवचन, रेकी सामुहिक ध्यान, प्रश्नोत्तर जस्ता महत्वपूर्ण कार्यक्रम समावेश गरिएको थियो। उक्त बनभोज कार्यक्रममा रेकी तथा लामाफेरा ग्रया48ड माष्टर डा.रन्जन प्रजापती द्धारा जीवनको दुई आयाम : भौतिक र अध्यात्मको बिषयमा प्रवचन दिनुको साथै रेकी सामुहिक ध्यानको प्रयोग गराउनु भयो। उक्त कार्यक्रममा आरोग्य संसारका संस्थापक अध्यक्ष रेकी माष्टर डा.आदर्श प्रधानले अहिलेको बिषम समयमा प्रत्येक ब्यक्तिलाई रेकीको आबश्यक्ता भएको कुरा ब्यक्त गर्नुभयो। त्यस्तै आरोग्य संसार, धापासीको सदस्य रेकी माष्टरद्धय ल73मी नारायण मर्हजनले आफ्नो ध्यानको अनुभव सुुनाउनु भएको थियो।

रेकी माष्टर ल73मी नारायण मर्हजनको ब्यबस्थापनमा भएको उक्त कार्यक्रममा रेकी माष्टर राजु चौलागाँई, सुनिल प्रधानले पनि रेकीको महत्वको बारेमा आफ्नो मन्तब्य राख्नुभएको थियो। प्रथम चरणको कार्यक्रम पछि च48डेश्वरी बनमा गई सबै भेला भएर एक साथ बनभोज ग्रहण गरि कार्यक्रम समापन गरिएको थियो।


Reiki-Banavoje photos